Create New Playlist

Add a cover pic of your own choice

(Optional)

Name

AI Cover Generator

4 credits

Not enough credits (0/4).

Logout

Are you sure you want to Logout?

Close

त्यो पारि डाँडा 2 by Mandeep

SongGPT
त्यो पारि डाँडा 2 by Mandeep - Sad Emotional Rap With Sad Beat music cover art

त्यो पारि डाँडा 2

Sad Emotional Rap With Sad Beat

0:002:58
Lyrics
Description

[Verse 1] त्यो पारि डाँडा जुनै पो होकी वादलले छोपि कसरी देखाउनु, मनमा लाग्यो नमिठो (चन्द्रमा मामा लाको) दाग कसरी मेटाउनु, रहरका पोकाहरु कहाँ छुटिगए कसरी भेटाउनु, मसी नै सुक्यो, लौ भाग्य फुट्यो अब कसरी लेखाउनु।। घुम्ने मेचको यो अन्धो दौडमा, सपना नअट्ने त्यो सानो चौरमा, गन्तव्यले सोधेँ खै निश्चल, त्यो चन्चल कहाँ बाट लेरआउनु।। [Pre-Chorus] यो कालो शहर पसेँ मनभरि रहर बोकी, कोरिबाटि ऐना हेर्छु लाग्छ फेरि म नै हुँ की? नियाल्न खोज्छु विगत कहिले आफुलाई यहाँ रोकी, ठुलो देख्छु दाग सोच्छु हराउला कहाँ पर पुगे। [Chorus] पैसा टिप्न गाको दाइ बिरानो जहाज चढी, मनमा सपना हजार तर लिएर रित्तो गोजी, साहुको ऋणको भारी एकदिन बिसाउने आशा बोकी, घरको जिम्मेवारी आफै उठाउन पर्छ सोचि। [Verse 2] सजाउनु छ झुपडी, धान्नु छ रोजि रोटी, भान्सामा एक्लै रोको देख्यो सायद कयौं चोटी, हत्तपत्त आँसु पुछि, गहभरि आँसु रोकि, बनावटि हासो हास्छिन, आशु लाइ हासोले छोपि। छोरोले देखेन सोच्छिन मेरो आमा कति सोझी, उहि पुरानो भोटो, बा को शिरमा कालो मैलो टोपी, डुब्नै लागेको घाम जस्तो त्यस मानि मुटु रोगी, काल आउला भोलि लान लाई बोकेर डोली। [Chorus] पैसा टिप्न गाको दाइ बिरानो जहाज चढी, मनमा सपना हजार तर लिएर रित्तो गोजी, साहुको ऋणको भारी एकदिन बिसाउने आशा बोकी, घरको जिम्मेवारी आफै उठाउन पर्छ सोचि। [Bridge] बा! को टेक्ने लाठी टुट्यो, आमा को बुडो मन कयौं टुक्रा टुक्रा फुट्यो, रुदा रुदा आँशु सुक्यो, गरिबको भाग्य सङ बिधाताको लिला जुध्यो। इज्जत मात्र हैन अब साहसँ बन्छु सोच्न थाले, लड्दै पड्दै अघि बढ्दै सङ्घर्षका पाइला चाले। कोमलमे यी पाऊँ मेरा काँडेतारले घोच्न थाले, खुट्टा तान्ने दाउँ कुर्छन नातेदार यो कस्तो खाले।। [Chorus] पैसा टिप्न गाको दाइ बिरानो जहाज चढी, मनमा सपना हजार तर लिएर रित्तो गोजी, साहुको ऋणको भारी एकदिन बिसाउने आशा बोकी, घरको जिम्मेवारी आफै उठाउन पर्छ सोचि। [Outro] ढल्केको सूर्यले नजिक ल्याएको नयाँ बिहान, फाटेको आकासमा चम्किरहेको नयाँ तारा। मनको घारौं भुल्दै मन् चाहन्छ बाँचना, तर त्यो पारि डाँडाको याद सदाका लाग्छ बाँचना।।